डिभिजन वन कार्यालयमा कराेडाैं मुल्य पर्ने सवारीसाधन ,काठ नष्ट


मनाेज शाह जितपुर बारा बैशाख १४ गते

डिभिजन वन कार्यालय सिम्राको हातमा करोडौं मूल्य पर्ने सालको गोलिया चिरान काठ रसवारी साधन नष्ट हुने अवस्थामा पुगेका छन्। न्यायालय तथा डिभिजन वन कार्यालय सिम्राको ढिलासुस्तीका कारण डिभिजन वन कार्यालय सिम्राको हातभित्र रहेका चिरान काठ गोलिया , साइकल ,मोटरसाइकल, ट्याक्टर ,जीव ,ट्रकहरू दशौं वर्षदेखि खुला आकाशमुनि कामपानी खेपेर जीर्ण अवस्थामा पुगेका छन्। डिभिजन वन कार्यालय सिम्राका प्रमुख सजिव कुमार झाले न्यायमा मुद्दा चलिरहेका कारण अलपत्र अवस्थामा रहेको बताए। उनले कारवाही पूरा भएका काठ तथा सवारी साधन लिलामी प्रक्रियामा लैजाने बताए।