जितपुर बजार ब्यवस्थापन गर्ने बृहत छलफल सम्पन्न
स्पर्श खबर जितपुर बारा बैशाख १४ गते:
जितपुर बजार ब्यवस्थापन गर्न बृहत छलफल सम्पन्न भएको छ ।
आज जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा कार्यालयमा जितपुर बजार ब्यवस्थापन गर्न बृहत छलफल भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले सबै जनासँग बृहत छलफल गरेर बजार तथा ट्राफिक व्यवस्थापन गरिने बताए ।
अव्यवस्थित बजार र ट्राफिकले जितपुरको सौन्दर्यता तथा बजारीकरणमा ठूलो धक्का लाग्दै आइरहेको ले व्यवस्थापन गर्न लागिएको हो। नेपालकै सस्तो तथा गुणस्तरीय सामान पाइने बजारको रुपमा पहिचान बनाएको जितपुरमा किनमेल गर्न आउने ग्राहक तथा आगन्तुकहरुलाई परिरहेको विभिन्न समस्याहरुको पहिचान गरी समाधानका उपाय तुरुन्तै कार्यान्वयनमा ल्याउने वडा अध्यक्ष सुनिल कुमार गुप्ताले जानकारी गराए। त्यस्तै यहाँको अर्को प्रमुख समस्याको रूपमा सम्पूर्ण स्थानीय बासिन्दाले भोग्दै आइरहेको फोहोर संकलन तथा व्यवस्थापनलाई पनि वडाले विभिन्न निकायहरुको सहयोगमा छिटै ठोस समाधान निकालिने बताए।
आजको यस वृहत छलफलमा जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का सदस्य नुरुल्ल असारी,वडा सदस्य ललिता देबी , जितपुरसिमरा नगर उधाेग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मनाेज गुप्ता , जिल्ला ट्राफिक कार्यालय प्रमुख, इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख जे जान कार्की, वडा ७ कार्यालयका सल्लाहकार राजु कुमार सिंह, महिला नेत्री मर्जिन खातुन , नगर प्रहरी प्रमुख रबिन कुमार खड्का, जितपुर युवा कलब अध्यक्ष भुनेश पासवान लगायत उपस्थिति रहेको थियोे ।
जितपुर बजार ब्यवस्थापन गर्ने बृहत छलफल सम्पन्न


