जितपुर बजारमा आधी पानी सहितको मासु विक्री सम्बनधीत निकाय मौन
स्पर्श खबर जितपुर बारा बैशाख १४ गते
। बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ मा रहेको जितपुर तरकारी बजार र जितपुरका मुख्य सडकसँगै रहेको माछा मासु पसलका सँचालकहरुले मासु खरिद तथा विक्रीमा मनमानी गर्न थालेका छन ।जितपुरसिमरा उपमहानगरपालिकाे नगर प्रमुख राजन पाैडेल र उप प्रमुख भाेला प्रसाद अधिकारीले केहीले पनि अनुगमन गर्नु भएको छैन स्थानीयले दुःखसाे पाेखे ।
दर्ता विना सँचालन रहेको बोर्ड ब्यानर र मासुको मुल्य निरधाण विना सँचालन रहेको मासु पसलहरुले मासुमा आधा मासु आधा पानी मिसावटगरी बेचिरहेको प्रत्यक्ष दर्शीहरुले बताएका छन । रु १०००, एक हजार रुपैया प्रती किलो खसीको मासुमा आधा आधी पानी मिसावट गरी बेची रहेका छन ।
ईलाका प्रहरी कार्यालय जितपुरकाे प्रहरी कार्यालय नजीक रहेको सो जितपुर बजारमा खुल्म खुला खसी वा बाख्राकाको मासुमा पानी हालेर विक्री वितरण भईरहेको छ । १० –१२ किलो वजन भएको खसी वा बाख्राको जिवमा साईकलको टाएरमा हावा भर्ने हावाको पम्पले हावा भर्ने गर्छन र हावा सँगै पानी भरेर करीब १८–२० किलो वजन बनाई बेचने गरेका छन । खसीको मासु सँगै खसीको विभिन्न केही अँगहरु हुन्छ जुन मानव स्वास्थयको लागी हनिकारक हुन्छन ।
त्यसलाई पनी मासु सँगै मिसाएर बेचने गर्ने गर्छन जुन कि सदरमुकाम कलैया तथा राजधानी काठमाण्डौ लगायत नेपालको विभिन्न सहरहरुमा छाटीएको मासु को नामले चिन्निछ । जुन विक्री वितरण हुदैन ।
बढी मुनाफा कमाउने उदेशयले मानव जिवनको स्वास्थय सँग खेलवाड भई रहदा सम्बनधीत निकाय मौन देखिएको छ ।