स्पर्श खबर जितपुर बारा चैत २४ गते:
गणतन्त्रको पक्षमा नेकपा एमाले बाराले बाराको कलैयामा शनिबार बृहत मोटरसाईकल र्याली प्रर्दशन गरेको छ ।
बारा जिल्लाको कलैया स्थित सिद्धेशवर बिधालय परिषरबाट शुरु भएको मोटरसाईकल –यालीले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।
नेकपा एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेयको अगुवाईमा मोटरसाईकल –याली प्रर्दशन गरेको हो ।
मोटरसाईकल–याली प्रदर्शन पश्चात कलैया स्थित भरत चोकमा कोण सभाको समेत आयोजना गरिएको थियो ।
कोणसभामा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य ज्वाला कुमारी साहले मन्तब्य दिएका थिए।


