बिरगंज , सिमरा आैधाेगिक करिडोरका उधाेगकाे प्रदुषणले जनजिवन प्रभावित
मनाेज शाह जितपुर बारा चैत २४ गते:
बीरगञ्ज ,सिमरा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूबाट निस्किने धुलो र धुवाले जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले बिरगंज महानगरपालिका वडा ३२ परस्वामा रहेको जगदम्बा इन्टरप्रजेज प्रा लिमा घेराउ गरेका छन । जगदम्बा इन्टरप्राइजेजको उद्योगबाट निस्केको प्रदूषित धुवाका कारण सर्वसाधारणलाई विभिन्न रोग लागेको भन्दै शुक्रबार उद्योग अगाडि भेला भएका सयौं सर्वसाधारणले उद्योग प्रशासन विरुद्ध नाराबाजी गर्दै घेराउ गरेका हुन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष रेयाज अन्सारी सहित पीडित स्थानीयको टोली नियन्त्रणको माग गर्दै उद्योग परिसरमा पुगेकाे थियो। वडाध्यक्ष अन्सारीले उद्योगबाट निस्किने प्रदूषित धुवा तत्काल व्यवस्थापन गरेर कडा कदम चल्ने चेतावनी दिनुभएको थियो। औद्योगिक कोरिडोर अन्तर्गतको जगदम्बा स्टिल, अशोक स्टिल उद्योगबाट निस्किने विषालु धुवाले जितपुरदेखि बिरञ्जसम्मको वातावरणलाई गम्भीर रुपमा प्रभावित बनाएको स्थानीयले लामो समयदेखि गुनासो गर्दै आएका छन् । विशेषगरी रातको समयमा उद्योगले अत्यधिक मात्रामा धुवा फाल्दा उद्योगबाट टाढा टाढासम्मको क्षेत्र धुवाले ढकिने गरेको छ। धुलो र धुवाका कारण सर्वसाधारणको जनजीवन कष्टकार बनेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार आँखा पोल्ने घाँटी सुख हुने साँस फेर्ने गाह्रो हुने समस्याहरु दैनिक जसो भइरहेको छ । विधुवा बृद्धा बालबालिका र दामाका बिरामीहरू धेरै प्रभावित हुने गरेको बताइएको छ। प्रदूषण नियन्त्रणको लागि स्थानीयहरूले पटकपटक सम्बन्धित निकायमा गुनासो गरे पनि उद्योग व्यवस्थापन पक्ष र स्थानीय प्रशासनले कुनै ठोस कदम नचलेको स्थानीयको भनाइ छ। हामी राति घर बाहिर निस्किने सक्दैनौँ। एकजना आस्थानले भने यति धेरै धुवा हुन्छ कि निस्किएर साँस फेरे गाह्रो हुन्छ । उनका अनुसार उद्योगकै कारण स्थानीयमा आँखामा फुल्ने घाँटी कसकस आउने समस्या बढेको छ । यता जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अशोक स्टिलले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दै सबैभन्दा बढी प्रदर्शन फैलाईरहेको स्थानीयको आरोप छ। यस्ता गतिविधिलाई तुरुन्त नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई दबाब दिनुपर्ने उनीहरूको भनाइ छ। स्थानीय बसिन्दाहरूले यदि तत्काल समाधान नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरूले उद्योगलाई कानुनी दायरामा ल्याई ठोस करवाही गर्न सरकार समक्ष माग गरेका छन्।


