मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन

स्पर्श खबर जितपुर बारा फाल्गुन २५ गते:

मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन गरेको छ

नेपाल सितोरियो कराते संघ मधेशको शनिबार बर्दिबासमा बसेको विस्तारित बैठकले मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष रामबाबु शाहलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल सितोरियो कराते सङ्घ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सङ्घको निर्णय विपरीत विभिन्न गतिविधि गरेको भन्दै शाहलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको हो । मधेस प्रदेश कमिटीले गरेको निर्णय केन्द्रलाई पठाउने र केन्द्रबाट शाहलाई सितोरियो कराते सङ्घको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्नका लागि केन्द्रमा पत्राचार गरिने नेपाल सितुरियो कराते सङ्घ मधेश प्रदेशका सचिव कसम लामाले जानकारी दिएका छन् ।

नेपाल सितोरियो कराते सङ्घको नीति नियम र विधानको धज्जी उडाउँदै निलम्बित शाहले नेपाल कराते महासङ्घ मधेस प्रदेशको तदर्थ कमिटी गठन गरेका थिए । यता नेपाल कराते महासङ्घ मधेश प्रदेशको बैठकले महासंघको मर्यादा ,अनुशासन र गरिमाको बिरुद्धको गतिविधिमा शक्रिय महासंघ बिरुद्ध नकारात्मक भ्रम फैलाउने कार्यमा शक्रिय रहेको प्रदेश समितिको सदस्य राकेश पाठक ( शुभाष ) लाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको कराते महासङ्घ मधेस प्रदेशका सचिव लामाको भनाइ रहेको छ ।

सो बैठकमा मधेस प्रदेशका आठै जिल्लाका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।