गाँजा र अफिमसहित एक जनालाई पक्राउ

गाँजा र अफिमसहित एक जनालाई पक्राउ

मकवानपुर प्रहरीले ३१ किलो ५६० ग्राम गाँजा, ६ किलो १६० ग्राम अफिम, र १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) सहित सुमो चालक लालबहादुर तामाङ लाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको मनहरी–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पार्किङ गरिराखेको बा ७ च ७०१८ नम्बरको सुमो चेकजाँच गर्दा सिटमुनि लुकाइ राखिएको लागूऔषध बरामद गरेको हो।