जिल्ला प्रशासन कार्यालय बाराको टोलीले बिहीवार छडके अनुगमन

कलैया : बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले बिहीवार छडके अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीको छड्के अनुगमन गरेको हो।

अनुगमनमा इन्जिनियर चन्देश्वर महतो र सब– इन्जिनियर मुकेश कुमार महतो अनुपस्थित रहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

कार्यालयमा इन्जिनियर महतो २०८१ फागुन ११ गतेदेखी फागुन १५ गतेसम्म र सब– इन्जिनियर महतो फागुन ९ गतेदेखि १५ गतेसम्म कार्यालय प्रमुखको स्वीकृति नलिई कार्यालयमा अनुपस्थित पाईएको प्रशासनका नायब सुब्बा स्याङतानले बताएका छन् ।

बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर बारामा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो बढन थालेपछि प्रशासनका नायब सुब्बा स्याङतानले छड्के अनुगमन गरेका हुन्। उनका अनुसार कार्यालयको सेवा सम्बन्धी गुनासो बढेपछि अनुगमन गरिएको हो।

अनुगमनको क्रममा प्रशासनका नायब सुब्बा स्याङतानले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पु¥याउन निर्देशनसमेत दिएका छन् ।

अनुपस्थित कर्मचारीहरुको हाजिरी काटिएको र उनिहरु दुबै जनालाई स्पस्टिकरण पनि काट्ने तथा नियमअनुसार कारवाही पनि गर्ने उनले बताएका छन् ।

सो अनुगमन टोलीमा सदस्य लेखापाल दल बहादुर शाही समेतको सहभागिता थियो। उक्त कार्यालयमा जम्मा ११ वटा कर्मचारीको दरबन्दी संरचना रहेको छ भने एउटा रिक्त दरबन्दी पनि रहेको छ ।