पूर्व मन्त्री ज्वालाकुमारी साह सामान्य घाइते
वीरगञ्ज । पूर्व मन्त्री ज्वालाकुमारी साह सवार गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छन् ।
पूर्व कृषि तथा पशुपक्षी विकास मन्त्री साह सवार बा २५ ज ४४८२ नम्बरको स्कर्पियो गाडी शुक्रवार साँझ बारा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा ४ संस्कार एफएम नजिकै दुर्घटनामा हुँदा उनी घाइते भएकी हुन् ।
दुर्घटना पश्चात् प्रतिनिधिसभा सदस्य समेत रहेकी साहलाई उपचारका लागि बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
दुर्घटनामा परेर सामान्य चोटपटक लागेको साहलाई उपचार पश्चात् आज डिस्चार्ज गरिएको छ । उनी अहिले स्वास्थ्य लाभ लिइरहेको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले जानकारी दिए ।


