लागु औषध गाँजा सहित १ जना पुरुष बारा प्रहरीको नियन्त्रणमा

लागु औषध गाँजा सहित १ जना पुरुष व्यक्ति प्रहरीको नियन्त्रणमा
मनाेज शाह जितपुर बारा फाल्गुन ५ गते:
जितपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि.रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले नारायणगढ़ बाट बिरगंज तर्फ जादै गरेको ना ४ ख ७१६५ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१५ बस्ने अं. वर्ष ३७ को सुर्य पाख्रीनले बोकेको २ वटा ब्यागबाट लागु औषध गाँजा अं.१०.५ किलो (२ पोका) बरामद गरि मानिस समेत नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।