अन्तर्घात गरेको भन्दै केन्द्रिय सदस्य देखि प्रदेश अध्यक्ष सम्मलाई प्रेस यूनियनबाट कार्वाहीको सिफारिस
बारा, फागुन ६
नेपाल प्रेस यूनियन बारा शाखाले केन्द्रिय सदस्य देखि मधेश प्रदेश अध्यक्ष समेत गरि ६ जनालाई कार्वाहीको सिफारिस गरेको छ।
प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले मंगलबार प्रेस युनियनको केन्द्रिय अनुशासन समिति र केन्द्रिय समितिलाई कार्वाहीको सिफारिस गरेका हुन्।
नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरि बिपक्षी उम्मेदवारलाई सघाएको आरोपमा कार्वाहीको सिफारिस गरिएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, प्रेस युनियनका मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ , पत्रकार महासंघ मदेश प्रदेशका सदस्य साजिर मंसुर , नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियांका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डे, एवम उमेद दुबेलाई प्रेस युनियन बारा शाखाबाट कार्वाहीको सिफारिस गरिएको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले बताएका छन्।
प्रेस यूनियक बाराले कार्वाहीका सिफरिस गरेका पसवान, श्रेष्ठ , पाण्डे लगाएतले बिगतका निर्वाचनहरुमा युनियनबाट अधिकारीका उम्मेदवार बनेकाहरुलाई बिपक्षी खेमासँग मिलेर पराजित गराउदै आएका आरोप लाग्दै आएको थियो।
मंसिर २८ गतेको निर्वाचनमा पत्रकार महासंघ बारा शाखाको अध्यक्षमा युनियन र प्रेस चौतरीबाट साझा उम्मेदवार बनेका श्यामबाबु यादवलाई पराजित गराउन यिनीहरुलै समाजवादी प्रेस संगठनबाट अध्यक्षका उम्मेदवार बनेका रमेश सुवेदीलाई खुलम खुल्ला सहयोग गरेका थिए।
त्यसै गरि मधेश प्रदेशको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीबाट साझा उम्मेदवार बनेका उपेन्द्र यादवलाई पराजित गराउन यिनीहरुले जयनारायण यादवलाई बागी उम्मेदवार बनाएर बारा र पर्सामा अन्तर्घात गराउन समेत भुमिका खेलेका थिए।
जयनारायाण यादवले बागी उम्मेदवारी दिए पछि नेपाल प्रेस युनियनको केन्द्रिय अनुशासन कमितिले उनीलाई ४ बर्षको लागि निल्मबन समेत गरेको छ।
अन्तर्घात गरेको भन्दै केन्द्रिय सदस्य देखि प्रदेश अध्यक्ष सम्मलाई प्रेस यूनियनबाट कार्वाहीको सिफारिस
