बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको “४९ औं स्थापना

डीआइजी कृष्णहरी शर्माको प्रमुख आतिथ्यमा बागमती प्रदेश प्रहरी तालिम केन्द्रको “४९ औं स्थापना दिवस सम्पन्न

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको “४९ औं स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी कृष्ण हरि शर्माको प्रमुख प्रमुख अतिथ्यमा पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा कार्यक्रको उद्घाटन भएको थियो ।

साथै तालिम केन्द्र परिसर भित्र नव-निर्मित “समय पर्का को उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा केन्द्रबाट प्रकाशित प्रहरी जवान आधारभुत तालिम सहयोगी पुस्तिका विमोचन समेत गर्नु भएको थियो ।

वार्षिक उत्सवको अवसरमा तालिम केन्द्र र दुधौली नगरपालिका दुधौली सिन्धुलीको सहकार्यमा संचालित नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीतामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यालय तथा सहभागी विध्यार्थीहरुलाई प्रशंसा-पत्र तथा नगद पुरस्कार, सहभागी विद्यालयहरुलाई प्रशंसा-पत्र, यस केन्द्र भित्र निर्माण भएको TIME Park मा निर्माण सामाग्री उपलव्ध गराउनु हुने महानुभावहरुलाई कदर-पत्र, उत्कृष्ठ कार्य गर्ने यस केन्द्रका प्रहरी कर्मचारीहरुलाई प्रशंसा-पत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गर्नुका साथै यस केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु,प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन दिएका थिए ।