अन्तर्राष्ट्रिय मापदण्डअनुसार जितपुरमा अत्याधुनिक दि वेलनेस जिम
मनाेज शाह जितपुर बारा फाल्गुन ४ गते:
पछिल्लो समय शारीरिक तन्दुरुस्तीका लागि मानिसहरु सचेत हुन थालेका छन् । पुरुष मात्रै नभएर महिलाहरू पनि व्यायामका लागि फिटनेश केन्द्र पुग्न थालेको पाइन्छन् ।
बारामा केही बर्ष अघिसम्म पुरुषहरूका लागि फिटनेश केन्द्र रहेपनि महिलाहरूका लागि भने थिएन । पछिल्लो समय बारामा सञ्चालित आधुनिक फिटनेश केन्द्रहरूमा महिलाहरूलाई पनि व्यायाम गर्ने व्यवस्था गरिएपछि आकर्षण बढ्दो रूपमा पाइन्छ । कतिपय खानपानका कारण र कतिपय कामको दबाबका कारण अस्वस्थ हुँदै गएपछि फिटनेशका लागि जिम क्लब आउने क्रम बढेको छ ।
बारामा हाल आधा दर्जन बढी फिटनेश केन्द्रहरू सञ्चालनमा रहेका छन् जसमा आधा बढी जितपुरसिमरामा बजारमै स्थापना भएका छन् । फिनटेश क्लबमा व्यायाम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ ।जितपुर बजार क्षेत्रमा नयाँ दि वेलनेस जिम सञ्चालनमा आएको छ । जसले यहाँका नागरिकलाई शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका नयाँ अवसरहरू प्रदान गर्ने छ । यो जिम सेन्टर अत्याधुनिक उपकरण र सेवासँग सुसज्जित छ, जसले युवापुस्तासहित सबै उमेरका व्यक्तिहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य राख्दछ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरकाे मेनराेड नजिक फिटनेसका लागि ‘दि वेलनेस जिम सञ्चालनमा आएको छ । जितपुरकाे युवा ु व्यवसायीले ५० लाख बढी लगानीमा दि वेलनेस जिम
सञ्चालनमा ल्याएका हुन् । “फिटनेसका लागि आवश्यक सबै उपकरण सहित ‘दि वेलनेस जिम
सञ्चालनमा ल्याइएको हो ”, जीमका सञ्चालक सजय साहले बारामा हामी बाराका अन्य जीमहरू भन्दा बिल्कुलै फरक सेवा लिएर आएका छौं ।”
दि वेलनेस जिम
मा सदस्यहरूलाई व्यक्तिगत प्रशिक्षणको अवसर पनि उपलब्ध गराइएको छ जसले प्रत्येक सदस्यलाई उनीहरूको फिटनेस स्तर र लक्ष्यअनुसार प्रशिक्षण दिनेछन् । यस जिममा आधुनिक प्रविधिहरूको प्रयोग गरी प्रत्येक सदस्यको स्वास्थ्य स्थिति नियमित रूपमा निगरानी गरिन्छ । प्रत्येक सदस्यको शारीरिक स्थिति मूल्यांकन गरी तिनीहरूको आवश्यकता अनुसार व्यक्तिगत प्रशिक्षणको योजना बनाइन्छ । जिमका प्रशिक्षकहरूले शारीरिक स्वास्थ्य सुधार्नका लागि पोषण, शारीरिक व्यायाम र मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पनि प्रदान गर्नेछन् ।साथै, जिमले विभिन्न सदस्यता योजनाहरू पनि प्रस्तुत गरेको छ । यहाँ मासिक, त्रैमासिक र वार्षिक सदस्यताको प्यकेज उपलब्ध भएको सञ्चालक साहले बताउनु भयो । ग्राहकहरूको सुविधाका लागि सदस्यता योजनाहरू अनलाइन र व्यक्तिगत दुवै माध्यमबाट उपलब्ध गराइएका छन् ।
बारा जिल्लाकाे जितपुर प्रमुख बजार क्षेत्र नजिकै अवस्थित दि वेलनेस जिममा व्यायामका लागि सबै प्रकारका अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपकरणहरू उपलब्ध गराइएका छन् । यहाँ कार्डियो मेशिनहरू साथै योगका कोर्सहरू पनि उपलब्ध छन् । जिमका प्रशिक्षकहरूले सदस्यहरूको व्यक्तिगत आवश्यकता र स्वास्थ्य लक्ष्यका आधारमा प्रशिक्षण दिन्छन् ।दि वेलनेस जिमले समूहमा प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसले सदस्यहरूलाई मस्तीका साथ फिट राख्न मद्दत पु¥याउँछ ।


