जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास

oplus_0

मनाेज शाह जितपुर बारा फाल्गुन ४ गते:

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । वडाको ५३ लाख बजेटमा भवनको शिलान्यास भएको हो ।

मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरेका हुन् ।

विगत ८ वर्ष देखि भाडाको घरमा संचालन हुदै आएको जीतपुरसिमरा उपमहानगरपालिका- ६ को वडा कार्यालयको आफ्नै भवन बनेपछी सेवा दिन निकै सहज हुने वडा अध्यक्ष कैमुदिन अंसारीले बताउनु भयो ।

बदरूल होदा अंसारीले आफ्नो निजि जग्गा वडा कार्यालयको भवन निर्माणको लागि दान दिएका छन् ।

शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष माया वि.क, जमिन दाता, वडा नम्बर ६ का वडा सदस्यहरू लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।