मनाेज शाह जितपुर बारा फाल्गुन २ गते:
बाराको कलैया वडा १ नवजन्म पुनःस्थापना केन्द्रमा एक जना पुरुषको कुटपिटबाट मृत्यु भएको छ । सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिका वडा नम्बर ९, रामटोलका ३७ वर्षीय प्रदीप मण्डलको मृत्यु भएको हो ।
मृतकका आफन्तले उनलाई कुटपिट गरेर मारिएको आरोप लगाउँदै सुधार केन्द्रको परिसरमा प्रदर्शन गरेका छन् । मृतकका बुबा र दाजुले पनि प्रदीपको मृत्यु कुटपिटकै कारण भएको बताएका छन् ।
बाराका प्रहरी प्रमुख सताेष तामाङका अनुसार घटनामा संलग्न सञ्चालक कलैया ३ का सहायब मन्सुरसहित ९ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा सुधार केन्द्रका सञ्चालक बाराका सर्फराज मन्सुरी, निरज सर्राफ, तमन्ना अली, सागर गुप्ता, मोहम्द आसुमिया शेख, अरुण सर्राफ र परमेश्वर साहलाई नियन्त्रणमा लिइएको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरी प्रमुख तामाङले बताए ।