पार्साको विद्यालय भवन आफै भत्कियो।
मनोज शाह जितपुर बारा माघ २३ गते
छिपहर माई गाउँपालिका वडा नं २ स्थित चेरगाहमा रहेको नवगावा माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ। तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चारकोटे विद्यालय भवन म मर्मत सम्भार नभएर जीर्ण अवस्थामा थियो। निर्माण कार्य आधा अधुरा रहेको सो चार कोठे भवनमा झ्यालढोका जडान गरिएको थिएन भने प्लास्टर पनि भएको थिएन। अधुरो भवनमा अध्यापन कार्य हुँदै आएको प्राध्यापक गगनदेव प्रसाद यादवले बताए। पछिल्लो समयमा विद्यालयमा थप पाँचवटा ब्लक निर्माण भएपछि मावि तहसम्मको अध्यापन सोही ब्लकमा हुने गरेको र पुरानो भवन खाली रहेको उनले बताए सोही भवन आज बिहान भत्केको पुरा यादवले बताए निर्माण कार्य हुँदैगर्दाको समय कमसल खाले निर्माण सामग्री प्रयोग भएको र विद्यालय भवन पूर्ण रुपमा तयार नगरेको कारण भत्केको स्थानीयहरुले बताउँछन् । सो विद्यालयमा साढे११०० जना विद्यार्थी अध्ययनरत छन्।