जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवाद

जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवाद
मनोज शाह जितपुर बारा माघ २३ गते।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको छ। मधेस प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम तह वृद्धिका लागि आन्तरिक रुपमा माग गर्दै आएका सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको हो। एनले निर्देशन  गरे बमोजिम छोटो तहमा आफूहरूको तह वृद्धि हुनुपर्ने भएपनि उपमहानगरपालिकाले तह वृद्धि गर्न व्यवस्था गरेको सातौं तहका अधिकृतले गुनासो गरेका छन्। मधेसका अन्य स्थानीय तहमा कार्यरत सातौं तहका अधिकृत कर्मचारीको आठौं तहमा वृद्धि भइरहँदा जितपुर सिमराले भने सोही ऐनलाई गलत रुपमा व्याख्या गरेर आफूहरूमाथि अन्याय गरेको उनीहरूको भनाइ छ। त्यसो त सोही ऐनलाई टेकेर भरतवा नगरपालिकाबाट केही दिनअघि आठौं तहका अधिकृत कर्मचारी सञ्जय मैनाली जितपुर सिमरामा सरुवा भएर आएपछि यहाँका कार्यरत सातौं तहका अधिकृत कर्मचारीको असन्तुष्टि अझै चुलिएको छ । सुविधिका अनुसार मैनालीले २०७६ मङ्सिर २३ गते छोटो तहमा नियुक्ति बुझ्नुभएको थियो। पछि नियुक्ति लिएका कर्मचारी आठौं तहमा तह वृद्धि भएर आउँदा आफूहरू भने सातौं तहमै खुम्चिनु परेको अधिकृतहरुकाे गुनासो रहेको  छ। मधेस प्रदेश सरकार जारी गरेको ऐन अनुसार मैनाली सत्तो हुँदै आठौं तहमा तह वृद्धि हुनुभएको थियो। मैनाली कार्यरत भरतहव नगरपालिकाले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन अनुसार तह वृद्धि गरेको हो। तर मैनालीभन्दा अघि अर्थात् २०७६ मंसिर ११ गते नियुक्त लिएका जितपुरसिमराका छैठौ तहका अधिकृत अहिले सातौं तहमै सीमित छन्। यिनीहरूलाई आठौँ तहमा तह वृद्धि गरिएको छैन। सोही ऐनलाई टेकेर तेतिसो कार्यपालिका बैठकबाट सातौं तहमा तह वृद्धि गरिएको अधिकृतलाई आठौं तह वृद्धि गर्न सोही ऐन बाधक बनेको भन्दै रोकिएको छ।