स्पर्श खबर जितपुर बारा माघ १८ गते:
नेपाल सितोरियो सोबुकान कराते कलैया शाखा डोजोलाई नेपाल सितोरियो सोबुकान करातेका मधेश प्रदेश अध्यक्ष अनिल पाण्डेले करिब १ लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । खेलकुद र खेलाडी अगाडि बढाउनकाे लागि खेलकुद समाग्री बितरण गरेको हाे । प्रशिक्षक एवं किक बक्सिङ एसोसिएसन अफ नेपाल बाराका अध्यक्ष प्रभु मण्डललाई समेत बक्सिङ गल्बस हस्तान्तरण गरेकाे छ।