एआइजी टेक तामाङको प्रमुख आतिथ्यमा
चापागाउँ परिसरमा पुननिर्मित भगवती मन्दिरको उद्घाटन
काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्को प्रमुख आतिथ्यमा प्रहरी वृत्त चापागाउँ परिसरमा पुननिर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेशद्वारको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको निर्माणमा सहयोग गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र वितरण गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिई सहयोग गर्न हुन अनुरोध गर्नुहुदै, सामाजमा हुने गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण तथा शान्ति सुरक्षा अमन चयन कायम गर्नुको साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पुन:निर्मित मन्दिर सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण स्थानीबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सेना र प्रहरीमा बडा दशैंको अवसरमा नवरात्रको वली,मौलो पूजा र निशान पूजा अनिवार्य र महत्वपूर्ण हुन्छ । देश र जनताको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न फौजले निर्भिकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरुको उपार्जन गरिरहनुपर्दछ । सो गुण देवी देवताहरुको अर्चना आराधना र सम्झनाबाट मात्र हुन सक्छ भन्ने मान्यता रहेको छ ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, एसएसपी शेखर खनाल तथा विभिन्न स्थानिय निकायका, नागरिक समाजका जन प्रतिनिधी, संचारकर्मीहरु लगायतको उपस्थित समुउद्घाटन कार्यक्रम सम्पन्न भयो । Tek Tamang Shyam Krishna Adhikari Shyam Krishna Adhikari Db Malla