जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा
मनाेज शाह जितपुर बारा माघ १७ गते।
जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा काम भैरहेको छ । जितपुरका समाजसेवी अगुवाहरुकाे सडक निर्माण बिच बृहत छलफल भएको छ । अधिकांस अगुवाहरुले छिटोभन्दा छिटो सडक निर्माण हाेस् भनेका चाहना व्यक्त गरेका छन् । मधेस प्रदेश सांसद देवनारायण चाैधारीले जितपुरदेखि कोल्हवी सम्मका जनतालाई जाेडने याे सडकले काम गरेको बताए ।
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले जितपुरदेखि बडार्वाह सडक निर्माण सुस्त गतिले काम भैरहेकोले दु: खसाे पाेखे ।जितपुरसिमरा नगरभरिका जनतालाई सडक बन्यो भने सहजरूपमा जितपुर बजार आउने सजिलो हुनेछ । अहिले काम सुस्त गतिले काम भैरहेकाेले दु: खसाे गुप्ताले पाेखे ।सडक निर्माण छिटो भएन भने हामी कहाँ जानू पर्छ हामी जानलाइ तयार छाै गुप्ताले बताए । यता निर्माण लिएका ठेक्कदार सँग फाेन मार्फत सम्पर्क गर्दा फाेन उठाउनु भएन।