ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वस्थ्य प्रवर्द्धन केन्द्रलाई बेबी वार्मर सेट सहयोग
मनाेज शाह जितपुर बारा माघ १४ गते:
ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमारवानलाई एक थान बेबी वार्मर सेट हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई बेबी वार्मर सेट प्रदान गरेको हो । ज्योति विकास बैंक सिमरा शाखाका प्रमुख भरत आचार्यकाे अगुवाइ बेबी वार्मर सेट हस्तान्तरण गरेको छ ।