मनाेज शाा जितपुर बारा माघ १४ गते:
अमलेखगंज आयल निगमका टयाङ्कर ब्यवसायी तथा मजदुरहरु आन्दोलित
बारा : बाराको अमलेखगंजमा टयाङ्कर ब्यवसायी संघ–संस्थाहरूको संयुक्त आन्दोलन जारी छ।
आन्दोलनकारी ट्याङ्कर ब्यवसायीहरु अमलेखगंज आयल निगम प्रादेशिक कार्यालय अगाडि चार सुत्रीय माग राखि धर्नामा बसेका छन्।
आफुहरु पीडित भएका कारण आफुहरुको माग सुनुवाई हुनुपर्ने तर्क अमलेखगंज पेट्रोलियम दुवानी व्यवसायी संघ,अमलेखगंजका सचिव कृष्ण बहादुर ठकुरीको छ।
आर्थिक चलखेलमा लागेर निजी ट्याङ्कर ब्यवसायीहरुलाई काम दिई आफुहरुलाई बेरोजगार बनाईरहेको उनले जिकिर गरे।
पेट्रोल पम्पले एउटा निजी ट्याङकर गाडि मात्र राख्न पाउँनु पर्ने नियमलाई कार्यान्वयन गर्नुपर्ने धारणा उनले ब्यक्त गरे ।
आन्दोलनकारीहरूले ट्याङकर रूट व्यवस्थापनदेखि निजी ढुवानी व्यवस्थापन सम्मका माग अघि सारेको बताएका छन ।
पाईपलाईनबाट पेट्रोल आउँन थालेपछि उनीहरूले बरोनी–अमलेखगंजमा सञ्चालनमा रहेका १०४ वटा ट्याङ्करलाई करार सम्झौता अनुसार व्यवस्थापन गर्नुपर्ने र एक थान ट्याङ्कर धनी ब्यवसायीहरुलाई पनि करार सम्झौतामा सहभागी गराउँनुपर्ने माग गरेका छन्।
साथै, ५० लिटर भन्दा बढीको नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने भन्दै उनीहरूले आयल निगम प्रशासनलाई तत्काल कदम चाल्न दबाब दिईरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ९इकाई अमलेखगंज०का ईन्चार्ज सुक बहादुर गुरुङ्गले जानकारी दिए ।
यस आन्दोलनमा अमलेखगंज पेट्रोलियम दुवानी व्यवसायी संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ९इकाई अमलेखगंज र नेपाल पेट्रोलियम ट्रायङ्कर चालक संघ सहभागी छन्।
आन्दोलनकारीहरूले आफ्नो माग समयमै पूरा नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।