मनाेज शाह जितपुर बारा माघ १२ गते:
नेपाल प्रहरीका बारा,पर्सा जिल्लाका प्रमुखहरुका परिवर्तन भएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार यी बारा,पर्साका प्रहरी प्रमुखहरु परिवर्तन भएको जनाईएको छ । अब यी दुई जिल्लामा जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षकको रुपमा सन्तोष तामाङ्ग आउने भएका छन ।
प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी उपरीक्षक महेन्द्र खड्का एसएसपीमा बढुवा भएपछि उनको रिक्त रहेको स्थानमा एसपी तामाङ्गलाई काज सरुवा गरिएको छ ।
एसपी तामाङ्ग कर्णाली प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखमा कार्यरत थिए । उनलाई सो ठाउबाट बारा प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ।
हाल प्रहरी प्रमुख एवम् एसपीको रूपमा कार्यरत रही एसएसपीमा बढुवा भएका महेन्द्र खड्का गत वर्ष २०८० चैत २६ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । खड्काले बारामा करिब १० महिना आफ्नो कार्यकाल पूरा गरेका थिए ।
यसैगरी पसामा पनि नयाँ प्रहरी प्रमुख आउने भएका छन । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको सरूवा गरेको छ । ढुङ्गेलको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाडौंमा सरूवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरो अनुसन्धान व्यवस्थापन शाखामा कार्यरत एसपी गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने भएको छ ।