थानीमाई वन समूहको १९ आै वार्षिक साधारणसभा सम्पन्न
मनोज जितपुर बारा माघ १२ गते।
थानमाई सामुदायिक वन समूहले आफ्नो १९ आै वार्षिक साधारणसभा भब्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेस प्रदेश सरकारका पूर्व उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर रहनुभएको थियो। साधारण सभामा वन संरक्षण स्थानीय समुदायको भूमिका र वनसम्बन्धी विभिन्न योजनाहरूको समीक्षा गर्नुको साथै आगामी योजना तय गरिएको थियो। प्रमुख अतिथि मन्त्री भट्टराईले सामुदायिक वनहरूको महत्त्व र आस्था नै आर्थिक विकासमा यसले पुर्याएको योगदानबारे प्रकाश पार्दै समुदायिक वनहरूको सूरीकरणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख राजन पौडेलले सामुदायिक वन व्यवस्थापनका लागि स्थानीय सरकार र समुदायको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता जितपुर सिम्रा उपमहानगरपालिका वडा नं १ २ ३ र ४ का उपभोक्ताहरू थानीमाई सामुदायिक समूहका उपभोक्ताहरू रहेका छन्। थानीमाई सामुदायिक वन समूहका अध्यक्ष गोविन्द अधिकारी विनोदको अवस्थामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्याम सुबेदीले व्यक्त गरेका थिए। कार्यक्रममा पथलैया सबडिभिजन वन कार्यालयका प्रमुख बिमल ठाकुर वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ वडा नम्बर ३ का कार्यालय वडाध्यक्ष मायाविक वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री जनहित उपसमितिका अध्यक्ष अमृतलाल श्रेष्ठ नेकपा माओवादी केन्द्र जितपुर सिम्रा नगर कमिटीका प्रेम बराल लगायत स्थानीयहरु उपस्थित रहेको थियोे ।