नगरले अब शिक्षाकको तलब व्यक्तिगत खातामा पठाउने

नगरले अब शिक्षाकको तलब व्यक्तिगत खातामा पठाउने
मनाेज जितपुर १२ माघ १० गते
जितपुरसिमरा उपहानगरपालिकाले अब शिक्षकहरूको तलब व्यक्तिगत खातामा पठाउनुभएको छ। जितपुरसिमरा उपहानगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षक बालविकास सहायक र अन्य कर्मचारीहरूको तलब मासिक रुपमा उनीहरूको व्यक्तिगत बैंक खातामा पठाउने भएको हो। उपहानगरपालिकाले यस निर्णयसँगै सम्बन्धित विद्यालयलाई परिपत्र पठाउँदै शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिइसकेको छ। यो भन्दा अगाडि जितपुरसिमरा उपहानगरपालिकाले सम्बन्धित विद्यालयको खातामा शिक्षक बालविकास सहायक र अन्य कर्मचारीहरूको तलब पठाउने गरिएको थियो। उपमहानगरपालिका माघ २० गतेसम्म सबै विद्यालयहरूलाई शिक्षकहरूको विवरण पेश गर्ने निर्देशन दिएको छ। उक्त निर्णयले तलब व्यवस्थापन प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ आवश्यक कागजातहरू समयमा उपलब्ध गराउन विद्यालय प्रशासनलाई तकेता गरिएको छ। उपमहानगरपालिकाका अनुसार यो प्रक्रिया अगाडि महिनादेखि लागू हुने जनाइएको छ।