जितपुरसिमरामा मनोमानी ढङ्गले क्लिनिकहरू सञ्चालन हुँदै, स्थानीय निकाय माैन

जितपुरसिमरामा मनोमानी ढङ्गले क्लिनिकहरू सञ्चालन हुँदै, स्थानीय निकाय माैन

मनाेज शाह जितपुर बारा माघ १० गते:

जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र अनेकौं मेडिकल क्लिनिकहरु सञ्चालनमा रहे पनि धेरैजसो क्लिनिकहरुले मापदण्ड पूरा नगरेको देखिन्छ । जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जितपुरसिमरा नगरभरिमा रहेका क्लिनिकहरूलाई व्यवस्थित बनाउन अहिलेसम्म  पनि कुनै मापदण्ड बनाएको छैन । जितपुरसिमरा  उपमहानगरपालिका मातहत रहेका धेरै क्लिनिकहरू अवैध रुपमा सञ्चालनमा रहेको स्थानीयकाे आराेप छ  ।

जितपुरसिमरा  उपमहानगरपालिकाभित्र धेरै क्लिनिकहरू रहे पनि ती सबैलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अहिलेसम्म उपमहानगरले कुनै चासो देखाएको पाइँदैन । यता उपमहानगर यस सन्दर्भमा मौन छ भने उता क्लिनिक सञ्चालकहरु पनि बिरामीहरुबाट मनोमानी रुपमा शुल्क लिइरहेको अवस्था देखिएको छ । प्लास्टर गरे बापत , एक्सरा गरे बापत क्लिनिकहरुले लिने शुल्कमा मनोमानी रहेको पीडितहरुको भनाइ रहेको छ । प्लास्टर गरे बापत रु. ३५०० देखि रु. ४ हजारसम्म लिने गरेको पीडितहरु बताउँछन् ।

उपमहानगरले निश्चित मापदण्ड निर्माण गरी निश्चित शुल्क नतोक्दा गरिब तथा असहाय जनताहरूले बढीभन्दा बढी पैसा तिर्न बाध्य बनेका यहाँका स्थानीयहरूको भनाइ छ। उपमहानगरले यथाशीघ्र निश्चित मापदण्ड निर्माण गरी सहज वातावरणको निर्माण गर्नुपर्ने सर्वसाधारणहरुको भनाइ रहेको छ ।