फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

मनाेज शाह जितपुर बारा माघ ८ गते: 

श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक  विद्यालयको भवन निर्माण र ढिलासुस्ती भएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेकेदारले आनाकानी गर्दैछ। जितपुरसिमरा नगरभरिका पुरानो विद्यालयको रूपमा ख्याति प्राप्त विद्यालय हो। अहिले विद्यालय भवन अभाव भएकोले सो भवन निर्माणको ठेक्का नगरले गराएको थियो। निर्माण ठेक्का एनके कन्ट्रक्सन वीरगञ्ज प्रालीले ठेक्का  सकार गरेको थियोे  । अहिले ठेक्का सकार गरेको ठेकेदारले अरुलाई ठेक्का दिएकोले भवन निर्माणमा ढिलासुस्ती भएको विद्यालयका प्रधानाध्यापक राजु सिंहले बताए । भवन  अभावका कारण जितपुरका बालबालिका पढाउन छिटोभन्दा छिटो बनाउने भवन माग गरिरहेका वडाध्यक्ष ७ का   सुनिल गुप्ताले बताए ।