नेपाल राष्ट्रिय नमुना बिधालयमा खेलकुद सामग्री वितरण

    खेलकुद सामग्री वितरण

मनाेज शाह जितपुर बारा माघ ८ गते:

जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ५  बकुलियाले  आज एक कार्यक्रमबिच विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको हो। वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीको अगुवाइमा विद्यालयका विद्यार्थीहरुलाइ  खेलकुदमा  अगाडि बढाउनको लागि खेलकुद सामग्री वितरण गरेको हो। खेलकुद सामग्रीमा फुटबल ,भलिबल ,क्रिकेटका लगायत सामग्रीहरु बितरण गरेको छ  । वडाध्यक्ष दिपेन्द्र चौधरी आफ्नो हातबाट  नेपाल राष्ट्रिय नमुना बिधालयका  प्रधानध्यापक धन्जय  गौतमलाई हस्तान्तरण गर्नुभएको हो।