तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु

मनाेज शाह जितपुर बारा माघ ८ गते:

वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।

तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार, तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । बसको तीव्र गतिको कारण साइकिल यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भए र तुरुन्तै घटनास्थलमै ज्यान गुमाएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

मृतकको पहिचान भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरोज चौलागाईले बस र चालकलाई नियन्त्रणमा लिएको बताए ।

उनले थप जानकारी अनुसन्धान पश्चात् खुल्ने पनि जानकारी दिए ।