सशस्त्र प्रहरी बल नेपाल न ४० रिजर्भ गण पिलुवाले ब्याग,टाेपी,गलवन्दी तथा शैक्षिक सामग्री वितरण

मनाेज शाह जितपुर बारा माघ ७ गते:
           सशस्त्र प्रहरीको २४ औ स्थापना दिवसको पुर्व सन्ध्यामा  जीतपुर सिमरा उपमहानगरपालिका १६ स्वाभिमाबस्ती(कतर्वा) श्री नेपाल राष्ट्रिय अाधारभुत बिधालयमा सशस्त्र प्रहरी बल नेपाल न ४० रिजर्भ गण पिलुवाले ब्याग,टाेपी,गलवन्दी तथा शैक्षिक सामग्री वितरण गरेकाे छ ।
   सशस्त्र  प्रहरी बल ४० न गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन क्षेत्रीकाे प्रमुख अातित्यथा तथा अग्रसरतामा  विधालयमा अध्ययनरत ८६  बिधार्थीहरूलाई झाेला(ब्याग) टाेपी र मफलर वितरण गरिएकाे बिधालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद मैनालीले जानकारी दिनुभयो ।
झाेला तथा मफलर,टाेपी वितरण कार्यक्रममा जीतपुर सिमरा १६ का वडा अध्यक्ष हरिदेव खरेल,डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी,जलेश्वर टाेल सुधार समितिका अध्यक्ष पाण्डु सापकोटा,समाजसेवी दुर्गाप्रसाद शिवाकोटी,विधालय व्यवस्थापन समितिका सम्पूर्ण सदश्यहरू लगायत वडाका सामाजिक ,शैक्षिक ब्याक्तित्वहरुको उपस्थितिमा बितरण भएकाे हाे ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद मैनालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन विधालयका प्रअ उदयराज मैनालीले गरेका थिए ।