मनाेज शाह जितपुर बारा माघ २ गते:
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको चौथो जिल्ला अधिवेशनबाट रेडियो पातालगंगाका सञ्चालक धिरेन्द्र पनुहरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्व सहमतबाट चयन भएका छन । समितिको उपाअध्यक्ष प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा ईन्द्रिरा चौधरी, सचिवमा जितेन्द्र चौधरी, सहसचिवमा बसन्त लामा र कोषाध्यक्षमा बिनिता चौधरी सर्वसम्मत निर्वाचित भएका हुन ।
सदस्यहरुमा उमेश घलान, मुकेश चौधरी, राजकुमार लामा सहित निर्वाचित भएका हुन । फोनिजका जिल्ला अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा भएको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले अभिब्यतिm स्वतन्त्रता, श्रम ऐनको कार्यन्वयननै पत्रकारहरुका लागि मुख्य चुनौती बनेको बताएका थिए ।
पत्रकारहरुले भोग्नु परेको यावत समस्याहरुलाई समाधान गर्नका लागि पत्रकार महासंघ ठोस निती ल्याउन लागेको बताउदै त्यसका लागि प्रधानमन्त्री केपी शर्मा आलीलाई ७ बुदे ध्यानआर्कषण पत्र बुझाएको पासवानले बताए । काम गर्ने पत्रकारहरुको नै सदस्यता नरहेको अनाअधिकृत रुपमा सदस्यता प्रदान गरेको भन्दै महासंघलाई शुद्धिकरणको अभियानमा लाने दिशामा महासंघ केन्द्रिय समिति स्पष्ट रहेको पासवानले जानकारी दिए ।
कार्यक्रमलाई फोनिजका मधेस प्रदेश अध्यक्ष दुसयान्त चौधरी, नेपाल प्रेस युनियनका मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष पवन यादव, प्रेस सेन्टरका रमेश साह, भोजपुरी टाईम्स दैनिकका प्रभु यादव, कोल्हवी न्युजका संचालक आशेष ढुगना लगायतकाले आफना बिचार ब्यतm गर्दै अधिवेशनको सफलताको कामना गरेका थिए ।