चौथो परवानीपुर गोल्डकप माघ २८ गते
मनाेज शाह जितपुर वारा मंसिर १९गते :
परवानीपुरमा चौथो परवानीपुर गोल्ड कप फुटबल आयोजना माघ २८ गते हुने वाराको परवानीपुरमा यहीँ माघ २८ गते चौथो परवानीपुर गोल्ड कप आयोजना हुने आयोजकले बताएका छन । आज परवानीपुरको इतिहासिक खेल मैदानमा भएको बृहत छलफलमा उक्त कुरा बताइएको हो परवानीपुर यूथ कल्बको मुख्य आयोजना तथा शक्ति स्पोर्ट्स कल्बको स आयोजनामामा उक्त गोल्डकप आयोजना हुने परवानीपुर यूथ कल्बका अध्यक्ष अलि अखतर आलमले बताएका हुन । माघ २८ गते देखि आयोजना हुने उक्त खेलमा ८ टिमको सहभागिता हुने आयोजक टिमका सदस्य कृष्ण यादवले बताएका छ्न । आजको छलफलमा आयोजक टिकका सदस्य अनिल श्रीवास्तव , त्रीलोकी कुशवाहा, सफिक अहमद , सरोज यादव , सुनिल मन्डल समाजसेवी सतपाल यादव लगाएतको सहभागिता रहेको थियोे । आउदो २९ गते सनिवार बिहान ८ बजेको बैंककमा सदस्यहरूलाइ चौथो गोल्डकपको जिम्मेवारी तोकिने आयोजकले जनकारी गराएका छन ।