पर्साका शशिभूषण गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर, ६ महिना कैद र ३ करोड जरिवाना

स्पर्श खबर जितपुर बारा असार २५ गते:

केन्द्रीगुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादवलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिना कैद र ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ जरिवानाको सजाय तोकेको छ।

अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशद्वय रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको वैध आय–व्यय गणना गर्दा उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको थियो।

अनुसन्धानका क्रममा यादवले आफ्नो वैधानिक आयभन्दा ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ।सभार यात्रा डेलि। अदालतको यो निर्णयले भ्रष्टाचारविरुद्धको संघर्षमा एक महत्वपूर्ण सन्देश दिएको छ।