प्रहरीकै मिलेमताेमा जितपुर मालसमान भित्रिदैं 

प्रहरीकै मिलेमताेमा जितपुर मालसमान भित्रिदैं  स्पर्श खबर जितपुर बारा बैशाख ४ गते: बारा जिल्लाको जितपुरमा प्रहरीकै मिलोमताेमा दैनिक रुपमा मालसमान  भित्रिरहेका छन्। प्रहरीलाई मासिक रूपमा लाखौँ रुपैयाँ नजराना  बुझाएर प्रहरीकै  सामुनेबाट  दैनिक रुपमा मालसमान भित्रिरहे    पनि प्रहरी मुखदर्शक बनेको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय जितपुर र सशस्त्र प्रहरी  सुरक्षा ब्यास क्याम्प बकुलियाको मिलोमताेमा … Read more

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावितरासस वीरगञ्ज : हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् । नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज … Read more

पर्सा जिल्लाकाे वीरगन्जको शाेभा यात्रामा भएको झडपकाे घटनाको विराेधमा जनकपुरमा गृहमन्त्रीको पुतला दहन

स्पर्श खबर जनकपुर चैत ३१ गते: वीरगन्जमा शनिबार निकालिएको हनुमान जन्मोत्सवको शोभा यात्राका क्रममा भएको झडपको घटनाविरोधमा जनकपुरमा आइतबार राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेकाे छ। जनकपुरमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहनपनि गरेका छन्। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न मागपनि गरेका छन्। … Read more

गणतन्त्रको कल्प अन्य कुनै पनि तन्त्र हुन नसक्ने दाबी: गृहमन्त्री लेखक

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले अहिले जनताको केही चिन्ता र आक्रोशलाई देखाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भएको बताउँदै लोकतन्त्र जबाफदेहिता र उत्तरदायित्वपूर्ण शासन प्रणाली भएको बताएका छन् । तराई यातायात व्यवसायी सङ्घको १८ औँ साधारण सभाको उद्घाटन शनिबार बाराको सिमरामा गर्नुहुँदै गृहमन्त्री लेखकले गल्ती गर्ने मन्त्री,प्रधानमन्त्रीलाई समेत लोकतन्त्रमा कारबाही हुने तर राजतन्त्रमा गल्ती … Read more

नेपाली सेनाको तेश्रो गोरखा – जितगढी पदयात्रा गोरखाबाट सुरु

स्पर्श खबर जितपुर बारा चैत २८ गते: नेपाली सेनाको तेश्रो राष्ट्रिय झण्डा गोरखा – जितगढी पदयात्रा गोरखाबाट सुरु नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोलीको सहभागीतामा चैत्र २८ गतेबाट तेश्रो गोरखा-जितगढी पदयात्रा गोरखाबाट … Read more

आईजीपी थापाद्वारा सर्वोच्च शिखर सगरमाथा आरोहण प्रहरी सहायक निरीक्षकलाई शुभकामना

स्पर्श खबर जितपुर बारा चैत २५ गते: आईजीपी थापाद्वारा सर्वोच्च शिखर सगरमाथा आरोहण प्रहरी सहायक निरीक्षकलाई शुभकामना सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी … Read more

विधेयक समितिको पहिलो बैठक सम्पन्न

बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिकाकाे विधेयक समितिको पहिलो बैठक सम्पन्न स्पर्श खबर जितपुर बारा चैत २५ गते:जीतपुरसिमरा उपमहानगरपालिकाको विधेयक समितिको पहिलो बैठक सम्पन्न भएको छ । संयोजक सन्जय पटेलको अध्यक्षतामा सोमबार उपमहानगरपालिकाको सभाहलमा समितिको पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा समितिलाई अझ सक्रिय बनाउने, नीति तथा नियम निर्माणमा तिव्रता दिने र समितिमा रहेका सम्पूर्ण सदस्यहरुलाई … Read more

बाराकाे जितपुरमा रामनवमीकाे अवसरमा भब्य शाेभायात्रा

मनाेज साह जितपुर बारा चैत २५ गते: जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ मा श्रीराम जन्मोत्सव “रामनवमी” को अवसरमा आयोजित भव्य शोभायात्रा ऐतिहासिक एवं सफल रूपमा सम्पन्न भएको छ। शोभायात्रालाई भव्य एवं सभ्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण नगरवासी, समाजसेवी, युवा समूह, सुरक्षाकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा समर्पित मनहरूप्रति जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का … Read more

साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा

साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमास्पर्श खबर जितपुर बारा चैत २५ गते: मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।साविक विजेता पुलिसलाई टाइव्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार … Read more

कीर्तिपुरमा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको उद्‍घाटन

स्पर्श खबर जितपुर बारा चैत २४ गते: उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी वृत्त कीर्तिपुरमा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको आइतवार उद्‍घाटन गर्नुभयो । प्रहरी वृत्त कीर्तिपुरका प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत ४ लाख ६१ हजार ७५६ रुपैयामा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो । … Read more