भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको मृत्यु

नयाँ दिल्ली : भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति मृ्यु भएको छ । लामो समयदेखि बिरामी परेका पूर्व विदेशमन्त्रीको गुरुग्रमको एक निजी अस्पतालमा मृत्यु भएको हो ।नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् । पीएम मोदीले ट्वीटरमा लेखेका … Read more

प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझाएका हुन्। मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन्। मन्त्रिपरिषद्को … Read more

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरू सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको अवस्थाबारे १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको … Read more

गैरमधेसीलाई ‘मधेसी’ भनी सिफारिस गरेको भन्दै आयोगले काट्यो पत्र

काठमाडौँ । गैरमधेसीलाई मधेसी भनेर सिफारिस गरेको भन्दै मधेसी आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुखलाई सत्यतथ्य र प्रमाणसहित आयोगलाई यथाशीघ्र जानकारी गराउन पत्र पठाएको छ ।धनगढीमाई नगरपालिका-१३ का स्थायी बासिन्दा ईश्वर अधिकारी गैर-मधेसी मूलको भए पनि मधेसी समुदायको सिफारिस लिएर नेपाल प्रहरी तर्फ निरीक्षक पदमा मधेसी समुदायको आरक्षणमा जागिरको लागि सिफारिस भएको घटना बाहिर आएपछि … Read more

प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर, दिउँसो भने काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान काठमाडौं उपत्यका जलमग्न भएको थियो ।आज दिउँसो पनि मधेशबाहेक देशभर वर्षाको सम्भावना छ । Advertismentकोशी, बागमती, … Read more

बिश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा काष्ठमूर्तिको पुनःप्रतिष्ठापन

काठमाडौं । विश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा रहेको नव योगिनी मन्दिरको बीच झयालमा रहेको शिव पार्वतीको काष्ठ मूर्ति पुनःप्रतिष्ठापन गरिएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको जिर्णोद्धार गर्ने क्रममा सो मल्लकालीन मूर्ति मौलिक रुपमै रंगाएर पुनःस्थापना गरिएको हो । तत्कालीन बागमती प्रदेश सांसद राजेश शाक्यको पहलमा पहिलो पटक विश्व सम्पदा क्षेत्रमा महाभूकम्पबाट … Read more

सडक स्तरोन्नति गर्न विश्व बैंकको १३ अर्ब ऋण

नेपालको प्रादेशिक र स्थानीय सडक स्तरोन्नतिका लागि विश्व बैंकले करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । यसका लागि विश्व बैंक र नेपाल सरकारबीच सोमबार सम्झौता भएको छ ।  अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)मार्फत सय मिलियन अमेरिकी डलर (१३ अर्ब ४३ करोड रुपैयाँ)को सहुलियतपूर्ण ऋणका लागि नेपाल र विश्व बैंकले वित्तीय सम्झौता गरेका हुन् । आइडिए विश्व … Read more

नेपाली विद्यार्थीको चिन्ता, देश नछाड्न दूतावासको आग्रह

काठमाडौं : बंगलादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न सोमबार ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। बंगलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २ हजार ६ सय नेपाली विद्यार्थीमध्ये करिब ४ सय जना अझै बंगलादेशमै रहेको दूतावासको आंकलन छ। नेपाली दूतावाससँगको समन्वयमा २ हजार जनाभन्दा धेरै नेपाली विद्यार्थी विगत केही साताभित्र नेपाल फर्किसकेका छन्। ढाकास्थित नेपाली … Read more

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरीले कोशी प्रदेशका क्षेत्रमा बढायो सतर्कता

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्। उनले देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ। यसैबीच सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक रहेका सीमा क्षेत्रमा सुरूक्षा सतर्कता बढाएको सशस्त्र … Read more

एउटै वडा अध्यक्षले दुई वटा वडाको लेटर प्याड प्रयोग गर्दै

अनिल पाण्डेय कलैया, २१ श्रावण देशमा सँघियता लागु भई दुई कार्यालयको लागि आम निर्वाचन सम्पन्न भई सकेको छ। त्यस्तै स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भई कार्यान्वयनमा रहेको अवस्थामा स्थानीय तहमा नै सबै भन्दा भ्रष्टाचार हुने चर्चा चलिरहेको हुन्छ। सोहि अनुसार भ्रष्टाचारको नमुना बारागढी गाउँपालिकामा पनि देख्न पाईएको छ। बारागढि गाउँपालिका अन्तर्गत खोपवा वडा न … Read more