जितपुर बजारमा ट्राफिकको कमाउ धन्दा, पार्किङ अस्तव्यस्त- व्यवसायी त्रासमा

जितपुर बजारमा ट्राफिकको ‘कमाउ धन्दा’, पार्किङ अस्तव्यस्त — व्यवसायी त्रासमा स्पर्श खबर जितपुर बारा मंसिर ८ गते: बारा जिल्लाको जितपुर बजारमा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको स्थानीयहरू बताउँछन्। सडकको छेउ–छाउ सबै ठाउँमा मनपरी पार्किङ, सिक्स–लाइन सडकमै गाडीको लाम लाग्ने, जेब्रा क्रसिङमै सवारी राख्ने जस्ता गतिविधिले बजारमा चरम अव्यवस्था सिर्जना भएको छ। जितपुर ट्राफिक पोस्टका … Read more

बाराकाे सिमरामा जेनजेड युवामाथि आक्रमणप्रति आम जनाता पार्टीको आपत्ति

बाराकाे सिमरामा जेनजेड युवामाथि आक्रमणप्रति आम जनाता पार्टीको आपत्ति स्पर्श खबर जितपुर बारा मंसिर ४ गते: सिमरा घटनामा जेनजेड युवामाथि एमाले गुण्हारूले गरेको कथित योजनाबद्ध आक्रमणप्रति आम जनता पार्टी, मधेश प्रदेश समितिले कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष उमेश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त आक्रमणलाई “निन्दनीय र आपराधिक” भन्दै तत्काल कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा … Read more

जितपुरसिमरा–१६ मा जेन्जी युवासँग वडाध्यक्ष खरेलको भेटघाट तथा छलफल

स्पर्श खबर जितपुर बारा कार्तिक २० गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाभित्रका केही जेन्जी (Gen Z) पुस्ताका भाइबहिनीहरूसँग भेटघाट गर्दै खेलकुद तथा राजनीतिक विषयमा अन्तरक्रिया गर्नुभएको छ। वडाध्यक्ष खरेलका अनुसार सो भेटघाटको उद्देश्य नयाँ पुस्ताको सोच, ऊर्जा र दृष्टिकोणलाई स्थानीय नेतृत्वमा समावेश गर्दै खेलकुद र सामाजिक गतिविधिलाई सशक्त बनाउन रहेको … Read more

नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय

स्पर्श खबर जितपुर बारा कार्तिक २० गते: नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय ।नेकपा एमाले जितपुरसिम्रा उपमहानगर समितिले वडास्तरिय जनभेला, पालिका र जिल्ला स्तरका कार्यक्रमको तयारी सुरु गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार देशभरका सबै वडामा जनभेला, पालिका जनप्रदर्शन तथा जिल्ला जनसभा गर्ने निर्णय भएपछि जितपुरसिमरा उपमहानगर समितिले विस्तृत तयारी थालिएको जनाएको … Read more

युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी,

नेपाल कम्युनिष्ट पार्टि एमाले निकट राष्ट्रिय युवा संघ बाराले आज जिल्ला प्रहरी कार्यालय बारामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जसमा उनीहरूलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट तथा सरकारी संरचनामाथिको विध्वंसका लागि जिम्मेवार ठहर्‍याइएको छ। उजुरी दर्ता गर्नुअघि युवा सङ्घ बाराले नेकपा एमाले पार्टि कार्यालय … Read more

२५ करोडसहित पक्राउ परेका लामा कारागारबाट फरार

काठमाडौँ। टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ । सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार … Read more

रुइतद्वारा मन्त्री नबन्ने घोषणा

रुइतद्वारा मन्त्री नबन्ने घोषणा अस्पतालको काम र बिरामीको हेरचाह गर्न छाडेर मन्त्री नबन्ने सन्दुक रुइतले बताए। प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गर्दा रुइतले आफ्नो धारणा राखेका थिए।

बारामा आजपनि कफर्यु जारी

स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो … Read more

पथलैयाबाट लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ

लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ स्पर्श खबर जितपुर बारा भदौ १८ गते। बारा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ पूर्वटोलस्थित स्थानमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक राजहरण यादवको कमाण्डमा खटिएको टोलीले उक्त बरामद गरेको हो । पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर … Read more

बाराका वडा अध्यक्ष कुशवाहा प्रहरीको फन्दामा

स्पर्श खबर जितपुर बारा भदौ २ गते: बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका छन्। साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको … Read more