नेपाल कम्युनिष्ट पार्टि एमाले निकट राष्ट्रिय युवा संघ बाराले आज जिल्ला प्रहरी कार्यालय बारामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
जसमा उनीहरूलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट तथा सरकारी संरचनामाथिको विध्वंसका लागि जिम्मेवार ठहर्याइएको छ।
उजुरी दर्ता गर्नुअघि युवा सङ्घ बाराले नेकपा एमाले पार्टि कार्यालय पन्नाबागमा भेला भई मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेको थियो। संघका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा नेकपा पार्टि कार्यालय पन्नाबागबाट मोटरसाइकल र्याली गर्दै गएका युवाहरुले जिल्ला प्रहरी कार्यालय पुगी निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पंडितलाई जाहेरी बुझाएका थिए।
र्यालीमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह-इन्चार्ज राम यादव, केन्द्रीय सचिवालय सदस्य भावना आचार्य लगायतका युवा नेताहरूको सहभागिता रहेको थियो।


