नगर प्रहरी भर्ना प्रक्रिया सुरु
स्पर्श खबर जितपुर बारा फागुन १५ गते:
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको हो ।
नेपाल प्रहरीले नगरभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको नगर प्रमुख राजन पौडेलले बताए। सार्बजनिक सम्पत्तीको सुरक्षा गर्न , उपमहानगरपालिकाको निती नियम कार्यान्वयन गर्न ,आन्तरिक सुरक्षा ,सडकमा फोहोर गर्ने तथा सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको नगर प्रहरी ऐन २०७९ को दफा (१०) बमोजिम आवहान गरिएको दरखास्त अनुसार नगर प्रहरी सहायक निरीक्षक पदका लागि न्युनतम शैक्षिक योग्यता प्रविणता वा सो सरह राखिएको छ ।
सहायक स्तर चौथो तह तोकिएको सहायक निरीक्षक पदमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४० वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।यसैगरी समावेशी प्रावधानसहित जवान पदमा १२ जना माग गरिएको छ । जसअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले खुल्लामा सात, महिलामा दुई, आदिवासी तथा जनजातीमा एक, मधेसीमा एक र दलितमा एक गरी १२ पदका लागि आवेदन दिन सक्नेछन् ।
जवान पदमा १८ वर्ष पूरा भई २३ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ३७ वर्षसम्मका नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । श्रेणी नतोकिएको उक्त पदका लागि आवेदन दिन न्युनतम १० कक्षा वा सो सरह उतिर्ण योग्यता हुनुपर्ने भनिएको छ ।सूचना अनुसार चैत्र ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।


कार्यालयमा हाजिर हुने समय बिहान १० बजे हो भन्ने जगजाहेर भए पनि यस कार्यालयका हाकिमहरु आधा दिन बितिसक्दा पनि कार्यालयमा उपस्थित भएनन् । केही सीप नलागेर संचारकर्मीहरुले त्यहाँ उपस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिका एक जना सदस्य अजित सिंहलाई नै निवेदन जिम्मा लगाएर फर्किन बाध्य भएका छन् ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गते देखि फागुन २९ गते सम्म प्रथम जीतपुरसिमरा महोत्सव एवम् एक्सपो आयोजना हुन लागेको हो । ‘कृषि, पर्यटन, खेल, उद्योग, व्यापार, जीतपुरसिमरा, बारा, मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित उद्योग वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।
मान्छे हिँड्ने ठाउँ एक लेबल हुनु पर्ने हाे तर जहाँतहीँ असामान्य ढङ्गले तलमाथि हुने गरी फुटपाथ निर्माण भएको स्थानीय युवा सन्ताेष गुप्ताले स्पर्श खबरलाई दु:खेसाे पाेखे । यही फुटपाथको कारणले गर्दा लडेर कयौं जनाकाे हातखुट्टा भाँचिएको तथा चोटपटक लागेको पनि उनले स्पर्श खबरलाई बताए ।
अहिले जितपुरकाे सडक निर्माणको काम सम्पन्न हुने अन्तिम तयारीमा पुगे पनि सडक बिभागद्वारा निर्माण गरिएको सडक, नाला, फुटपाथ नियमविपरीत लापरबाहीपूर्ण ढङ्गले बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानिय महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउनका श्रम बिकास नेपाल कलैयाको आयोजनामा बिहिवार देखी तालिम सुरु भएको हो । जीतपुरसिमरा उपमहानगरको ४ लाख ९६ हजार को आर्थिक सहयोगमा संचालन भइरहेको तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । जीतपुरसिमरा उपमहानगर वडा न ८ को अध्यक्ष शिवशंकर महतो कोईरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथी रहनुभएको थियो ।