बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

रन्जित चौधरी, जितपुर बारा, असार १ गते

गत वर्षदेखि नै बारा जिल्लाको समग्र शिक्षा क्षेत्र असुरक्षित बन्दै गएको छ । बारामा समयसमयमा शिक्षकहरुमाथि गोली प्रहारका घटनाहरु दोहोरिरहँदा शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । लगभग ६ महिनाको अन्तरालमा बारामा दुई शिक्षकहरुमाथि गोली प्रहार गरी हत्या गरिएको छ । यी घटनाहरुले देशको कमजोर सुरक्षा व्यवस्थामाथि पनि प्रश्न खडा गरेको छ ।

बारा जिल्लाको कलैयामा रहेको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाको अज्ञात समूहद्वारा हत्या गरिएपछि उनको हत्याको विरोध गर्दै तथा दोषीको कारवाहीको माग गर्दै आज बाराको कलैयामा ठूलो जनसंख्यामा उपस्थित भएका मानिसहरुले प्रदर्शन गरिरहेका छन् । सम्पूर्ण शिक्षकहरुको जिउज्यानको संरक्षण गरिदिनुपर्ने, हत्यामा संलग्नको पहिचान गरी कडा कारवाही गर्नुपर्ने तथा पीडित पक्षले न्याय पाउनुपर्ने माग राख्दै ने.वि. संघ, शिक्षकहरु, विद्यार्थीहरु तथा सर्वसाधारणहरुले मिलेर सामूहिक रुपमा आज कलैयामा नाराजुलुस निकालेका छन् भने टायर समेत बालेर प्रदर्शन गरेका छन् । हत्यामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पुर्ब राजा ज्ञानेन्द्र शाहको ७८ औ शुभजन्मोत्सवको उपलक्ष्यमा सताब्यापी कार्यक्रम नेपाल राष्ट्र बाद संघले गरिने

पुर्ब राजा ज्ञानेन्द्र शाहको ७८ औ शुभजन्मोत्सवको उपलक्ष्यमा सताब्यापी कार्यक्रम नेपाल राष्ट्र बाद संघले गरिने

पवन प्रसाद साह वीरगंज असार १ गते:

नेपाल राष्ट्र बाद संघ केन्द्रिय कार्यालय वीरगंजले  पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको ७८ औ शुभजन्मोत्सवको उपाध्यक्षमा सता ब्यापी कार्यक्रम गर्ने भएको छ।

नेपाल राष्ट्र बाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बसेको बैठकमा जि•बि•बि•स•पर्साका पुर्ब जिल्ला सभापति शम्भु प्रसाद चौरसिया,उमाशंकर प्रसाद कलवार,पृथ्वी झा,बीरेन्द्र थापा,बीरेन्द्र साह तेली,परमेश्‍वर साह कानु,अनु राणा,पवन प्रसाद साह लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

उक्त बसेको बैठकबाट पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको ७८ औ शुभजन्मोत्सवको उपलक्ष्यमा असाढ १९ गते iCP सडक चौकमा दिपावली गरिने,असाढ २० गते गहवा माई मन्दिरमा होमजाप तथा दीपावली गरिने,असाढ २१ गते घण्टाघरमा साझ ७ बजे दीपावली गरिने,असाढ २२ गते घण्टाघरबाट शुभकामना र्‍याली नगर परिक्रमा गरिने,असाढ २४ गते पोखरिया शिवमन्दिरमा साझ ७ बजे दिपावली गरिने,असाढ २५ गते कार्यकर्ताहरूमा प्रशंसा पत्र प्रदान गरिने नेपाल राष्ट्र बाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले जानकारी दिए।

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

रन्जित चौधरी, जितपुर बारा, असार १ गते

गत वर्षदेखि नै बारा जिल्लाको समग्र शिक्षा क्षेत्र असुरक्षित बन्दै गएको छ । बारामा समयसमयमा शिक्षकहरुमाथि गोली प्रहारका घटनाहरु दोहोरिरहँदा शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । लगभग ६ महिनाको अन्तरालमा बारामा दुई शिक्षकहरुमाथि गोली प्रहार गरी हत्या गरिएको छ । यी घटनाहरुले देशको कमजोर सुरक्षा व्यवस्थामाथि पनि प्रश्न खडा गरेको छ ।

बारा जिल्लाको कलैयामा रहेको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाको अज्ञात समूहद्वारा हत्या गरिएपछि उनको हत्याको विरोध गर्दै तथा दोषीको कारवाहीको माग गर्दै आज बाराको कलैयामा ठूलो जनसंख्यामा उपस्थित भएका मानिसहरुले प्रदर्शन गरिरहेका छन् । सम्पूर्ण शिक्षकहरुको जिउज्यानको संरक्षण गरिदिनुपर्ने, हत्यामा संलग्नको पहिचान गरी कडा कारवाही गर्नुपर्ने तथा पीडित पक्षले न्याय पाउनुपर्ने माग राख्दै ने.वि. संघ, शिक्षकहरु, विद्यार्थीहरु तथा सर्वसाधारणहरुले मिलेर सामूहिक रुपमा आज कलैयामा नाराजुलुस निकालेका छन् भने टायर समेत बालेर प्रदर्शन गरेका छन् । हत्यामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस बाराद्वारा कुशवाहाको मृत्यु प्रति गहिरो दुःख व्यक्त

कांग्रेस बाराद्वारा कुशवाहाको मृत्यु प्रति गहिरो दुःख व्यक्त

मनाेज शाह  जितपुर बारा असार १ गते:

नेपाली कांग्रेस बाराले बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ मा गोली प्रहारबाट आदर्श कोतवाल वडा नम्बर दुई निवासी हरिभुषण कुशवाहाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी यसरी दुःख व्यक्त गरेका हुन् ।

यस घटना प्रति नेपाली कांग्रेस बाराले घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस बाराले कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख समेत रहेका स्व.हरिभुषणप्रसाद कुशवाहा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

परिवारजनलाई भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनेर विज्ञप्तिमा कामना गरिएको छ । उहाँको वास बैकुण्ठमा होस् भन्दै विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

विज्ञप्तिमा घटनालाई आतंकवादी घटनाको संज्ञा दिइएको छ । साथै घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायसंग विज्ञप्तिमा जोडदार माग गरिएको छ ।

बारामा पुन: सवारी दुर्घटना

बारामा पुन: सवारी दुर्घटना

रन्जित चाैधरी, असार १ गते

बारामा दिनप्रतिदिन सवारी साधनको दुर्घटनामा वृद्धि हुँदै गएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ अमलेखगञ्जमा पुन: सवारी दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा रहेको आयल निगमभन्दा अन्दाजी १०० मिटर दक्षिणतर्फ पार्किङ लाइनमा उक्त दुर्घटना भएको हो । अन्दाजी २३:४५ बजेको समयमा वीरगञ्जदेखि हेटौडातर्फ जाँदै गरेको बा प्र ०१ -० ३०च १३३७ नम्बरको कार र हेटौंडादेखि बीरगञ्जतर्फ आउँदै गरेको प्र २-०४ ००१-ख ००८१ नम्बरको मालवाहक ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा कारको दायाँपट्टि चक्काको साइड कुच्चिएको छ । उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ

उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने

उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने

रजित चाैधरी जितपुर बारा  असार १ गते

जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने भएको छ । उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले असार ६ गते बिहीबारका लागि सभा बोलाएकी हुन् ।

प्रशासकीय अधिकृत काफ्लेले आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम तथा बजेटको प्रस्तावसहितको सभा संचालन गर्न नगरसभा सदस्यलाई आमन्त्रण गर्दै शुक्रबार सूचना जारी गरेकी छिन् । सूचनाअनुसार असार ६ गते जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्नेछ ।

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

मनाेज शाह जितपुर बारा जेठ ३२ गते:

बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि शुक्रवार साँझ गोली प्रहार भएको छ । कुशवाहालाई आदर्श कोतवाल गाउँपालिका ३ स्थित बतरा टोलमा गोली प्रहार भएको हो ।

गोली प्रहारबाट गम्भीर घाइते कुशवाहाको बयोधा अस्पतालमा उपचार भईरहेको छ । उनको शरीरको कुन भागमा र कति राउण्ड गोली लागेको भन्ने अहिले खुल्न सकेको छैन ।

मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले साँझ ६ बजे गोली प्रहार गरेका हुन् । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए ।

मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । सो क्षेत्रको करिब नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गरिरहेको गृहमन्त्री लामिछानेले भनाई थियो । उहाँले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताउनुभयो । सभार इमेज खबर । गृहमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहो¥याउनुभयो ।

निजगढ नगरपालिकाले निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

मनाेज शाह जितपुर बारा जेठ ३२ गते: बारा जिल्लाकाे निजगढ नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य सेवा बिहानज ११ बजेबाट सुरु हुने भएको हो । नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा जनरल फिजिसियन, मनोरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुको टोलीबाट … Read more

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना स्वीकृत गरिएको जानकारी दिए । स्वीकृत आवधिक योजना आगामी आर्थिक वर्षदेखि लागू हुने मन्त्री श्रेष्ठले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति, २०८१ समेत स्वीकृत गरेको छ भने आयुर्वेदिक औषधि उत्पादन संहिता तथा आयुर्वेद औषधिको लेबल स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण अध्ययन गर्ने मन्त्रिपरिषद्को निर्णय

यस्तै, बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय पनि गरेको छ । पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठानबीच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सभार नयाँ पत्रिका ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मकवानपुरको हेटौँडा, बकैया वा मनहरीसहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाका लागि अध्ययन गर्ने बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकको निर्णयअनुसार प्रदेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्ने उनले बताए ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानको ऐन कार्यान्वयनको चरणमा रहेकाले हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहेको बताए । विभिन्न राजनीतिक दलहरूको मागअनुसार ऐन संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अवस्था नरहेको उनको दाबी छ ।

ऐनको प्रभावकारी कार्यान्वयन गर्दै प्रतिष्ठानलाई व्यावहारिक ढंगबाट विकास गर्ने र हेटौँडा अस्पतालको स्तरोन्नति गर्ने गरी सरकार अघि बढेको उनले बताए ।