मनाेज शाह जितपुर बारा जेठ ३२ गते:
बारा जिल्लाकाे निजगढ नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य सेवा बिहानज ११ बजेबाट सुरु हुने भएको हो ।
नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा जनरल फिजिसियन, मनोरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुको टोलीबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभयो ।
शिविरमा छाती दुख्ने, पोल्ने, वावाकी लाग्ने, खोकी लाग्ने, खकारमा रगत देखिने, पेट दुख्ने, अपच हुने, अनिन्द्रा, बेचैनी र चिटचिट हुने जस्ता समस्या लगायत छारे रोग, मुटुको चाल गडबडी, चिनी रोग, उच्च रक्त चाप तथा हात, खुट्टा कम्मर र हड्डी दुख्ने, सुनिने, पोल्ने जस्ता समस्याको निदान एंवम उपचार प्रदान गरिने जनाइएको छ ।