उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने

उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने

रजित चाैधरी जितपुर बारा  असार १ गते

 

जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभा असार ६ गते हुने भएको छ । उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले असार ६ गते बिहीबारका लागि सभा बोलाएकी हुन् ।

प्रशासकीय अधिकृत काफ्लेले आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम तथा बजेटको प्रस्तावसहितको सभा संचालन गर्न नगरसभा सदस्यलाई आमन्त्रण गर्दै शुक्रबार सूचना जारी गरेकी छिन् । सूचनाअनुसार असार ६ गते जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्नेछ ।