अत्याधुनिक प्रविधियुक्त रेडिमिक्स कन्क्रीट उद्योग स्थापना भयो : जनताको घरदैलोमै पुगेर सेवा दिइने संचालकको दाबी

अत्याधुनिक प्रविधियुक्त रेडिमिक्स कन्क्रीट उद्योग स्थापना भयो : जनताको घरदैलोमै पुगेर सेवा दिइने संचालकको दाबी

मनाेज शाह, जितपुर बारा, फाल्गुन  २६ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १० नितनपुरमा अत्याधुनिक प्रविधि जडान भएको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. को स्थापना भएको छ । हालसम्म जनताहरुले अनेकौं समस्या भोग्नुपरिरहेका बेलामा यस उद्योगले उपलबध गराउने छिटोछरितो र गुणस्तरीय सेवाबाट सबैले समस्याबाट मुक्ति पाउने जनविश्वास लिइएको छ ।

समयमा काम पूरा नहुने, भएको काम पनि गुणस्तरहीन हुने, महँगो पैसा तिरेपनि चित्तबुझ्दो प्रतिफल प्राप्त नहुने जस्ता चुनौतीहरुको सामना गर्न बाध्य यस भेगका जनताहरुको लागि अत्याधुनिक प्रविधि जडान भएको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. वरदान साबित हुनेछ । बारा जिल्लामै सम्भवतः सबैभन्दा ठूलो लगानीमा स्थापित यस उद्योगले आफूलाई भौतिक निर्माण क्षेत्रमा अब्बल साबित गर्दै यहाँको जनताहरुलाई आफ्नो अत्याधुनिक प्रविधिबाट छिटोछरितो , सन्तोषजनक तथा गुणस्तरीय सेवा उपलब्ध गराउन प्रयासरत रहने संचालकको एकमात्र उद्देश्य रहेको छ ।

ठुलो लगानीमा बाराको नितनपुर चौकमा स्थापित रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. ले रेडिमिक्स कन्क्रीट अर्थात् तयारी ढलान उत्पादन गर्ने र कार्य स्थलमा डेलिभरी गर्ने तथा घरदैलोमै सुपथ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराई निर्माण क्षेत्रमा योगदान पुर्‍याउने आफूहरुको एकमात्र लक्ष्य रहेको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. का डाइरेक्टर सन्तोष कुश्वाहाले जानकारी दिए । बारामा स्थापना भए पनि यसको कार्य क्षेत्र विस्तार गर्दै लैजाने र बारा, पर्सा, रौतहट, मकवानपुर लगायतका क्षेत्रमा पनि सेवा उपलब्ध गराउने दीर्घकालीन योजना रहेकोले अन्य जिल्लाका जनताहरु पनि लाभान्वित हुने विश्वास सन्तोष कुश्वाहाले व्यक्त गरेका छन् ।