चर्चित  लाेकप्रिय    गायीका ज्योती मगर आउदै जितपुरसिमरा महाेत्सव बजनीमा

चर्चित  लाेकप्रिय    गायीका ज्योती मगर आउदै जितपुरसिमरा महाेत्सव बजनीमा

मनाेज शाह जितपुर बारा, फागुन २६ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार चर्चित गायीका ज्योती मगरले प्रस्तुती दिने छिन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज शनिबार चर्चित गायीका ज्योती मगर सहित आधुनिक गायक देवेन्द्र काकी, चर्चित ब्याण्ड रुपमा परिचित पनम ब्याण्डले समेत प्रस्तुती राख्ने छ ।
मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।