भोटेकोशीको बाढीले बगाएको बाटोमा सेनाको पुल, ४५ दिनपछि बेत्रावतीमा आवागमन सहज
स्पर्श खबर जितपुर बारा असाेज २५ गते:
रसुवाको सीमामा नेपाली सेनाले निर्माण गरेको एक्रो बेलीब्रिज सञ्चालनमा आएको छ।
भोटेकोशीको विनाशकारी बाढीले पुल बगाएपछि अवरुद्ध आवागमन पुनः सहज बनाउन नेपाली सेनाले बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो बेलीब्रिज सञ्चालनमा ल्याएको हो।

सेनाले कठिन चट्टान फुटाएर करिब ३०० मिटर पहुँचमार्ग निर्माण गर्दै असोज २० गते सुरु गरेको पुल जडान कार्य असोज २४ गते सम्पन्न गरेको थियो। आज पुल गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको छ।

४० टन भारवहन क्षमता रहेको पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाका नागरिकको आवागमन तथा बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।