कांग्रेसको १५औँ महाधिवेशनमा कृष्ण भरत सिंहको बलियो दाबी, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी
स्पर्श खबर जितपुर बारा असाेज १७ गते:
नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशन नजिकिँदै गर्दा बारामा पार्टीको केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैबीच लामो समयदेखि सक्रिय राजनीतिमा रहेका नेता कृष्ण भरत सिंहले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
बाराको राजनीतिमा लोकप्रिय तथा प्रभावशाली नेताका रूपमा परिचित सिंहले पार्टी संगठनलाई थप मजबुत बनाउने र जिल्लाको आवाज केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी अघि बढाउन लागेको बताइएको छ।
महाधिवेशनको माहोल तातिँदै जाँदा सिंहको उम्मेदवारीले बाराको कांग्रेसभित्र थप राजनीतिक चासो बढाएको छ। लामो राजनीतिक अनुभव र संगठनभित्रको सक्रियताका आधारमा उनले आफ्नो दाबीलाई बलियो बनाउँदै लगेका छन्।
कांग्रेसको केन्द्रीय सदस्यका लागि सिंहको उम्मेदवारीसँगै बाराको महाधिवेशन प्रतिनिधि र पार्टीपंक्तिभित्र नयाँ राजनीतिक समीकरण बन्ने चर्चा सुरु भएको छ।