जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ
मनाेज शाह जितपुर बारा असाेज १५ गते:
जीतपुरसिमरा–७, जीतपुर बजारमा पसलको जस्ताको छानो हटाएर चोरी गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ।

गस्तीमा खटिएको टोलीले जीतपुरसिमरा–६ का हसमुदिन अन्सारीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिँदा नगद १७ हजार ३ सय रुपैयाँसहित चोरीमा प्रयोग भएका औजार र विभिन्न सामान बरामद गरेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त सामान जीतपुरसिमरा–७ स्थित संगम कोल्ड ड्रिम्स बाट छानो हटाएर चोरी गरिएको खुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख उमेश निरौलाको नेतृत्वमा प्रहरीले चोरी तथा लागूऔषध कारोबार नियन्त्रणमा सक्रियता बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।