बारा–४ मा कांग्रेस सभापतिको भिडन्त चर्कियो : लोकेश सिंह र बिजय गुप्ता आमनेसामने

बारा–४ मा कांग्रेस सभापतिको भिडन्त चर्कियो : लोकेश सिंह र विजय गुप्ता आमनेसामने
स्पर्श खबर जितपुर बारा असाेज १२ गते:

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापतिको आकांक्षालाई लिएर नेतृत्वको प्रतिस्पर्धा चर्किएको छ।
क्षेत्रीय सभापतिको आकांक्षीका रूपमा लोकेश सिंह र बिजय गुप्ता चर्चामा देखिएका छन्। दुवै पक्षले आफ्नो पक्षमा कार्यकर्ताको समर्थन रहेको दाबी गरिरहेका छन्।


स्थानीय कांग्रेस कार्यकर्तामाझ भने सिंहको पक्षमा तुलनात्मक रूपमा बढी समर्थन रहेको दाबी सुनिन थालेको छ। जीतपुरका युवा नेता अमर यादवले आफ्नो आकलनमा लोकेश सिंहको पक्षमा ८० प्रतिशत र विजय गुप्ताको पक्षमा २० प्रतिशत समर्थन रहेको बताएका छन्।
यद्यपि, यो प्रतिशत कुनै आधिकारिक सर्वेक्षण वा निर्वाचन परिणाममा आधारित नभई स्थानीय नेताको व्यक्तिगत आकलन भएको बुझिन्छ। अन्तिम शक्ति परीक्षण भने अधिवेशन र प्रतिनिधिहरूको निर्णयबाटै हुने देखिन्छ।


कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा जिल्लामा वडा तहको अधिवेशन सम्पन्न भइसकेको र अब क्षेत्रीय तथा अन्य तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ।
बारा–४ मा अब प्रश्न एउटै छ—क्षेत्रीय सभापतिको नेतृत्व सम्हाल्ने जिम्मेवारी लोकेश सिंहले पाउँछन् कि बिजय गुप्ताले?