एआईजी शाहको पथलैया निरीक्षण : ट्राफिक व्यवस्थापन सुधार्न कडा निर्देशन

एआईजी शाहको पथलैया निरीक्षण : ट्राफिक व्यवस्थापन सुधार्न कडा निर्देशन
स्पर्श खबर जितपुर बारा असाेज ७ गते:

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) एवम् कार्यदक्षता मूल्याङ्कन समितिका संयोजक सिद्धीबिक्रम शाहले मंगलबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरेका छन्।


शाह नेतृत्वको टोलीले कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, स्रोत–साधन तथा ट्राफिक व्यवस्थापनको अवस्थाबारे अनुगमन तथा मूल्याङ्कन गरेको हो।
निरीक्षणका क्रममा एआईजी शाहले कार्यालय परिसरमा वृक्षरोपण गर्दै कार्यरत प्रहरी कर्मचारीलाई कर्तव्यपालन, अनुशासन र नागरिकलाई प्रभावकारी सेवा प्रवाहमा थप सुधार ल्याउन आवश्यक निर्देशन दिएका छन्।


निरीक्षण टोलीमा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीलगायत सहभागी थिए।