बाढीपीडितको घाउमा जितपुरका मुस्लिम समुदायको मलम, ८० हजार ५५ रुपैयाँ सहयोग

बाढीपीडितको घाउमा जितपुरका मुस्लिम समुदायको मलम, ८० हजार ५५ रुपैयाँ सहयोग
मनाेज शाह जितपुर बारा भदौ २७ गते:

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जामे मस्जिद मर्कज जीतपुर र मदरसा इस्लामिया जीतपुरका मुस्लिम समुदायले बाढीपीडितका लागि ८० हजार ५५ रुपैयाँ संकलन गरी सहयोग गरेका छन्।


मदरसा इस्लामियाका अध्यक्ष अयुब खानले विपद्को घडीमा नेपाली एक भएर पीडितको साथमा उभिनुपर्ने बताए।
“हामी नेपाली हौँ। जहाँ गए पनि हामी नेपाली नै हौँ। हामीलाई चोट लागेपछि एक भएर, एकमुष्ट भएर, एक ढिक्का भएर जुट्नुपर्छ,” अध्यक्ष खानले भने।


उनले यस्तो कठिन समयमा जितपुरका मुस्लिम समुदायले पीडितको घाउमा मलम लगाउने काम गरेको