असोज ३ को वीरगञ्ज भेला भव्य बनाउने अग्रगामी मोर्चाको निर्णय, बारा–पर्सामा जुट्दै शक्ति

असोज ३ को वीरगञ्ज भेला भव्य बनाउने अग्रगामी मोर्चाको निर्णय, बारा–पर्सामा जुट्दै शक्ति
स्पर्श खबर जितपुर बारा भदौ २४ गते:

अग्रगामी मोर्चा बारा–पर्साको जिल्ला समन्वय समितिको बैठक बाराको प्रसौनीस्थित मधेश सेवा आश्रममा सम्पन्न भएको छ। बैठकले आगामी असोज ३ गते वीरगञ्ज टाउन हलमा आयोजना हुने भेला तथा अभिमुखीकरण कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउने निर्णय गरेको छ।
जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको विशेष उपस्थिति थियो।


बैठकमा जसपा महासचिव तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत, आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, जसपा केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु यादव, आजपा केन्द्रीय कार्यालय सदस्य अशोक लामा, आत्माराम साहलगायतका नेताहरू सहभागी थिए।
बैठकले असोज ३ को कार्यक्रमलाई सफल बनाउन बारा र पर्साका विभिन्न पालिका तथा जिल्लास्तरबाट व्यापक जनसहभागिता जुटाउने विषयमा छलफल गरेको जनाइएको छ।


मोर्चाले असोज ३ को वीरगञ्ज भेलालाई आफ्नो राजनीतिक शक्ति र प्रभाव प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने तयारी गरेको छ।